प्रहरीले गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका बस्ने सुनसरी धरानका ३६ वर्षीय साजन राईलाई पक्राउ गरेको छ। अँध्यारोमा नांगो खुकुरी लिएर शंकास्पद अवस्थामा बसिरहेका राईलाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट उक्त खुकुरी समेत प्रहरीले बरामद गरेको छ। उनी बिहीबार राति महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको नियन्त्रणमा परेका हुन्।
प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।
3
Shares
प्रतिक्रिया