अछाममा आत्महत्या गर्ने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकले यस्तो देखाएको हो।
प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अछामा १९ ले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षमा पनि दुई महिनामा पनि एक जनाले आत्महत्या गरेका छन्।
सामान्य समस्यालाई पनि ठूलो रूपमा लिने र धैर्य गर्न नसक्ने प्रवृत्तिका कारण अछाममा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।
उनका अनुसार आत्महत्याका घटना केलाउँदा केहीले विष खाएर र धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेको पाइएको छ।
घटना अध्ययन गर्दा लागुपदार्थ प्रयोग, गरिबी, घरायसी विवाद, पारिवारिक कलह, अशिक्षा, सामाजिक सञ्जालको प्रयोग तथा मानसिक स्थिति कमजोर हुनु प्रमुख कारण रहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।
आर्थिक अभाव हुनु र घरपरिवारबाट सहयोग नहनहुँदा पनि आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ।

प्रतिक्रिया