कारोबार


१२ वर्षपछि नेपाल-जापान सीधा उडान : ७६ यात्रु लिएर आइपुग्यो वाइडबडी

१२ वर्षपछि नेपाल-जापान सीधा उडान : ७६ यात्रु लिएर आइपुग्यो वाइडबडी

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ३:३६,

१२ वर्षपछि नेपाली जहाजले पुनः नेपाल-जापान सीधा उडान सुरु गरेको छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी एयरबस ३३०-२०० जहाज जापानको ओसाका पुगेर बिहीबार साँझ काठमाडौं फर्किएको हो।

बिहीबार बिहान साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओासाका उडेको उक्त विमान ७६ यात्रु लिएर साँझ काठमाडौं अवतरण गरेको हो।

बिहीबार काठमाडौंदेखि १४६ यात्रु बोकेर जापान उडेको विमान ११ः ५५ बजे ओसाका अवतरण गरेको निगमले जानकारी दिएको छ। 

काठमाडौं-ओसाका उडान समयावधि ६ घण्टा तथा ओसाका-काठमाडौं साढे ७ घण्टा लाग्छ ।

काठमाडौं फर्किँदा भने विमानमा ७६ यात्रु थिए। काठमाडौं-जापान सीधा उडान सफलतापूर्वक सम्पन्न भएसँगै निगम पुनः पुरानो युगमा फर्कने अपेक्षा गरिएको छ।

यसअघि सन् १९९४ अक्टोवर ३० तारिखदेखि सन् २००७ सालसम्म नेपाल एयरलाइन्सले जापानमा उडान गरेको थियो। तत्कालीन समयमा नेपाल एयरलाइन्सले काठमाडौं–चीन–जापानको रुटमा उडान गर्थ्याे। 

हप्ताका तीन दिन बिहीबार, शनिबार र मंगलबार ओसाका नियमित उडान गर्ने निगमले जनाएकाे छ । हाललाई प्रवर्द्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरिएकाे निमम स्राेतले जानकारी दिएकाे छ। एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।

निगमकाे जहाजले आगामी पुसदेखि जापानकै टोकियोको नारिता विमानस्थलमा पनि उडान गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad