ब्राजिलको अमेजन जंगललाई पृथ्वीको फोक्सोको रुपमा लिइन्छ। उक्त बाक्लो जंगलमा यतिबेला केही दिनयता निरन्तर आगलागी भइरहेको छ।
त्यहाँको जंगलले पृथ्वीका लाखौं मानिसलाई अक्सिजन प्रदान गर्दछ। जी७ अर्थात् विश्वका सात आर्थिक शक्तिराष्ट्रको समूहमा अमेरिका, वेलायत, फ्रान्स, क्यानडा, जापान, जर्मनी र इटाली छन्।
सोमबार जी७ सम्मेलनको समापनसँगै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले ब्राजिललाई आगो निभाउन २२ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए।
ब्राजिलले उक्त सहयोग नलिने बताएको हो। ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले फ्रान्सले ब्राजिललाई उसको उपनिवेश सरह व्यवहार गरेको आरोप लगाउँदै आएका छन्।

बाेल्साेनाराे र म्याक्राे
सहयोग नलिने बताए पनि ब्राजिलले त्यसको कारण खुलाएको छैन।
आइतबारमात्र अमेरिकी चर्चित अभिनेता लियोनार्दो डिक्याप्रियोले आफूले ब्राजिलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए।
अमेजन जंगलमा लागेको आगलागीले वातावरणमा ठूलो प्रभाव पार्ने बताइएको छ।

प्रतिक्रिया