एक १५ वर्षीया किशोरीलाई विवाहको प्रलोभनमा पारेर पटक–पटक करणी गर्ने काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाका २८ वर्षीय सुमन खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
खड्काविरुद्ध उच्च अदालत पाटनले २०७१ कार्तिक १० गते ४ वर्ष ५ महिना १ दिन कैद हुने सजाय सुनाएको थियो।
हालसम्म फरार रहेका खड्कालाई प्रहरीले सोमबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।
उनले घरायसी आर्थिक अवस्था कमजोर भएकी ति किशोरीलाई आर्थिक प्रलोभनमा पारी पटक–पटक काठमाडौंका बिभिन्न स्थानहरु लगि करणी गरेको आरोप लागेको थियो। खड्कालाई सफाई दिने गरी काठमाडौं जिल्ला अदालतको शुरु फैसलालाई उल्टी गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो।
3
Shares

प्रतिक्रिया