समाज


रवि लामिछाने चितवन प्रहरीकै थुनामा, अस्मिताको बयान सकियो

रवि लामिछाने चितवन प्रहरीकै थुनामा,  अस्मिताको बयान सकियो

नेपालखबर
भदौ ८, २०७६ आइतबार ११:३४,

 चितवन जिल्ला अदालतले कार्यालय समय सकिएकाले प्रस्तोता रवि लामिछानेसहित तीनै जना प्रतिवादीलाई प्रहरीकै जिम्मा लगाएको छ।

चितवन प्रहरीले रवि, पत्रकार युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई थुनामै फिर्ता ल्याएको छ।

अदालतका अनुसार आईतबार अस्मिताको बयान सकिएको छ। सोमबार बिहान १० बजे न्यायाधीश हेमन्त रावलकै इजलासमा रवि र युवराजको बयान पछि थुनछेक बहस हुनेछ।

‘आज एकजनाको बयान सकियो,’ अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले नेपालखबरसँग भने, ‘भोलि बिहान अन्य दुई प्रतिवादीको बयानपछि थुनछेक हुनेछ।’

चितवन जिल्ला सरकारी वकिल कार्यालयले प्रस्तोता रवि लामिछानेसहित तीन जनाबिरुद्ध आत्महत्यका लागि दुरुत्साहन कसुर अपराध गरेकोले हदैसम्मको सजाय मागदाबी गर्दै आईतबार मुद्दा दर्ता गरेको थियो।

चितवन जिल्ला अदालतमा मुलुकी अपराध संहिताको दफा १८५ बमोजिम तीनैजनालाई सजाय मागदाबी सहित अभियोगपत्र दर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .