ad ad

समाज


रवि लामिछानेसहित ३ जनाबिरुद्ध दुरुत्साहन मुद्दा दर्ता, अस्मिताको बयान हुँदै

रवि लामिछानेसहित ३ जनाबिरुद्ध दुरुत्साहन मुद्दा दर्ता, अस्मिताको बयान हुँदै

नेपालखबर
भदौ ८, २०७६ आइतबार ९:४९,

चितवन जिल्ला सरकारी वकिल कार्यालयले प्रस्तोता रवि लामिछाने सहित तीन जनाविरुद्ध आत्महत्यका लागि दुरुत्साहन कसुर अपराध गरेकोले हदैसम्मको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ।

चितवन जिल्ला अदालतमा मुलुकी अपराध संहिताको दफा १८५ बमोजिम तीनै जनालाई हदैसम्मको सजाय माग दाबीसहित अभियोगपत्र दर्ता भएको हो। सो दफाअनुसार कसुर ठहर भए ५ वर्ष जेल र ५० हजार रूपैयाँ जरिवाना हुनेछ। 

अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले मुद्दा दर्ता भएर थुनछेकका लागि प्रतिवादीको बयान सुरु भएको नेपालखबरलाई बताए। अहिले चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा रुकु भनिने अस्मिता कार्कीको बयान भइरहेको छ। यसपछि रवि लामिछाने, युवराज कँडेलको बयान हुनेछ।

तीनै जनाको बयानपछि थुनछेक बहस सुरू हुनेछ।

प्रहरीले आजै पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका तीनै जनाको मिसिल रायसहित चितवन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको थियो।

प्रहरीले पेस गरेको अनुसन्धान प्रतिवेदन अध्ययनपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरेको हो।

बयानपछि सुरू हुने थुनछेक बहसमा रवि पक्षका वकिल र सरकारी वकिलले आ–आफ्नोतर्फबाट तर्क राख्छने छन्। रविको पक्षमा बहस गर्न करिब एक दर्जन वकिल चितवनमै छन्। सरकारी वकिलले प्रहरीले संकलन गरेका तथ्य प्रमाण तथा अन्य नजिरहरूलाई आधार मान्दै बहस गर्नेछन्।

अभियुक्तहरूको बयान, दुवै तर्फका कानुन व्यवसायीको बहस तथा तथ्य प्रमाण हेरी न्यायाधीशले थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छाड्ने आदेश गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .