ad ad

कारोबार


सेयरबजारमा ३५ करोडको कारोबार, यी हुन् कमाउने र गुमाउने सेयरधनी

सेयरबजारमा ३५ करोडको कारोबार, यी हुन् कमाउने र गुमाउने सेयरधनी

नेपालखबर
भदौ ८, २०७६ आइतबार ९:५०,

साताको पहिलो कारोबार दिन आज सेयरबजार ३.४५ अंकले घटेको छ। बजार परिसूचक उक्त अंकले घटेर १२०९.६२ विन्दुमा समेटिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव २७ अंकले घटेको छ।

आज बजारमा कुल १ सय ७१ कम्पनीको १२ लाख ७५ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ६ हजार ६ सय ३१ पटक कारोबार भएको छ। १२ समूहको कारोबार भएकामा उत्पादन, होटलबाहेक अन्य समूहको सूचक घटेको छ। आज सबैभन्दा धेरै जीवन बीमाको कारोबार ५१.०७ अंकले घटेको छ। त्यस्तै निर्जीवन बीमाको पनि ३१.३२ अंकले कारोबार सूचक घटेको छ।

कारोबारका आधारमा आज छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा धेरै ३ करोड २१ लाखको सेयर प्रतिकित्ता ४ सय ८१ रुपैयाँमा किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको २ करोड ४१ लाखको, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ९५ लाखको, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५२ लाखको, एनआईसी एसिया बैंकको १ करोड ४६ लाखको सेयर कारोबार भएको छ।

कमाउनेमा आज सृजना फाइनान्स अगाडि छ। फाइनान्सका सेयरधनीले ४.२१ प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले ३.३४ प्रतिशत आम्दानी गर्दा सिन्धु विकास बैंकका सेयरधनीले ३.१३ प्रतिशत कमाएका छन्। रकमका हिसाबले बोटलर्स नेपाल (तराई) लिमिटेडका सेयरधनीले प्रतिकित्ता १ सय २६ रुपैयाँ आम्दानी गरेका छन्।

आज पाँचथर पावर कम्पान्टका सेयरधनीले ७.२१ प्रतिशत गुमाएका छन्। युनिभर्सल पावर कम्पनीका सेयरधनीले ४.८२ प्रतिशत, आईएमई जनरल इन्स्योरेन्सका सेयरधनीले ३.५६ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनीका सेयरधनीले ३.३९ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .