सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गर्ने बारा सिम्रौनगढ नगरपालिका–७ का २५ वर्षीय सन्नी कुमार गुप्तालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
श्री कंकाली आटो ट्रेर्डर्स सञ्चालन गर्दै आएका गुप्ताले प्रजिअ भट्टराईलाई गाली गलौज गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए।
पक्राउ परेका गूप्तालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया