स्पेनिस जायन्ट्स रियल मड्रिडका कप्तान सर्जियो रामोसले पीएसजीका नेमार जुनियरको प्रशंसा गरेका
छन्।
रामोसले नेमार विश्वका तीन शीर्ष स्टार खेलाडी मध्येका एक खेलाडी भएको बताएका हुन्।
रियल मड्रिडले नेमारलाई अनुबन्ध गर्न चासो देखाइरहेका बेला रामोसको अभिव्यक्ति आएको हो।
शनिबार राति रियल मड्रिड र रियल भालाडोलिडबीचको खेलपछि रामोसले भने,‘नेमार स्टार खेलाडी हुन्। विश्वमा रहेका शीर्ष तीन स्टार खेलाडी मध्येका एक।’
शनिबार राति मड्रिड र भालाडोलिडले एक एकको बराबरी खेलेका थिए। एजेन्सी
प्रतिक्रिया