समाज


रवि लामिछानेसहित ३ जनाको मिसिल रायसहित सरकारी वकिलको कार्यालयमा पेस

रवि लामिछानेसहित ३ जनाको मिसिल रायसहित सरकारी वकिलको कार्यालयमा पेस

नेपालखबर
भदौ ८, २०७६ आइतबार ५:४०,

प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनाको मिसिल रायसहित चितवन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ।

प्रहरीले पेस गरेको मिसिलको अहिले अध्ययन भइरहेको जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले नेपालखबरलाई बताए।

न्यायाधिवक्ता शर्माले सकेसम्म अभियोग-पत्र आइतबारै चितवन जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको बताए।

‘हामी फाइल अध्ययन गर्दै छौं’, उनले भने, ‘सकेसम्म आजै पेस गर्ने तयारीमा छौं।’

सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दायर गरेपछि समय रहेमा आजै तीनै जनाविरूद्व थुनछेक बहस हुनेछ। थुनछेक बहसमा तीनै जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छाडने अदालतले आदेश गर्ने छ।

अदालतले केही थप मान्छेसँग बुझ्नु पर्ने र प्रमाण अपुग भएमा अनुसन्धान म्याद थप हुनेछ।

अनुसन्धान अधिकारीका अनुसार शालिकरामले न्युज २४ छोडेपछिका घटनाक्रममा भेटिएका प्रमाणलाई आधार बनाएर रायसहित मिसिल सरकारी वकिल कार्यालयमा पेस भएको हो। अनुसन्धान अधिकारीहरूले प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र रूकु भन्ने अस्मिता कार्की तीनै जनालाई मुलुकी अपराध संहिताको दफा १८५ को कसुरमा सजाय मागदाबी भएको बताए।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका एसपी दीपक रेग्मीले तीनै जनाको कसुरलाई श्रेणीगत गरेर अनुसन्धान मिसिल तयार भएको बताए। उनले शालिकरामले न्युज २४ छोडेपछि पक्राउ परेकाहरूको सम्पर्क र गतिविधिले दुरूत्साहन भएका आधारसहितको प्रमाण मिसिलमा संलग्न छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .