ad ad

समाज


रवि लामिछानेलाई थुनामा राख्न लिएको म्याद आज सकिँदै

रवि लामिछानेलाई थुनामा राख्न लिएको म्याद आज सकिँदै

नेपालखबर
भदौ ८, २०७६ आइतबार ५:२९,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जनलाई थुन्न प्रहरीले लिएको म्याद आज सकिँदैछ।

दुई पटक गरी उनीहरुविरुद्ध अदालतले १० दिन थुनामा राख्न अनुमति दिइसकेको छ।

पछिल्लो पटक प्रहरीले भदौ ३ गते अदालतबाट ५ दिनको म्याद थप गरेको थियो।

प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बुझाउने तयारी गरेको छ।

गत साउन २० गते चितवनको भरतपुर नगरपालिका १ स्थित होटल कंगारुमा पत्रकार पुडाशैनी झुण्डिएको अवस्थामा फेला परेका थिए।

झुण्डिनुअधि उनले आफूलाई रवि लामिछानेले आत्महत्या गर्न बाध्य बनाएको भिडियो सन्देश छाडेका थिए। त्यही सन्देशका आधारमा पक्राउ परेका लामिछानेसहितका ३ जना माथि अहिले प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .