प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनाको मिसिल रायसहित चितवन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ।
प्रहरीले पेस गरेको मिसिलको अहिले अध्ययन भइरहेको जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले नेपालखबरलाई बताए।
न्यायाधिवक्ता शर्माले सकेसम्म अभियोगपत्र आइतबारै चितवन जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको बताए।
‘हामी फाइल अध्ययन गर्दै छौं’, उनले भने, ‘सकेसम्म आजै पेश गर्ने तयारीमा छौं।’
सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दायर गरेपछि समय रहेमा आजै तीनै जनाविरूद्व थुनछेक बहस हुनेछ। थुनछेक बहसमा तीनै जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छाडने अदालतले आदेश गर्ने छ।
3
Shares
प्रतिक्रिया