ad ad

समाज


सशस्त्र प्रहरी परिवार महिला संघद्वारा मानव सेवा आश्रमलाई सहयोग

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा मानव सेवा आश्रमलाई सहयोग

नेपालखबर
असार १७, २०७८ बिहिबार १४:४७,

सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम रानीवनमा रहेका आश्रितहरुका लागि नगद सहयोग हस्तान्तरण गरेको छ।

सो संघकी अध्यक्ष सरिता कणेल खनालले एक समारोहका बीच उक्त आश्रमका सचिव सुमन बड्तौलालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।

यसैगरी बिहीबार सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट संघकी कोषाध्यक्ष सावित्रा कुमारी जैसीले बाल सारथी एकेडेमी तिलगंगाका अध्यक्ष डा. माला खरेललाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिन्।

सो एकेडेमीले पशुपति क्षेत्र वरिपरी बस्ने असहाय तथा गरिव परिवारका करीव एक सय बालबालिकाहरुलाई निःशुल्क खाना तथा शिक्षाको व्यवस्था गर्दै आईरहेकोमा त्यसका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर उक्त नगद सहयोग प्रदान गरेको हो।

वार्षिकोत्सवकै अवसरमा यसअघि सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत संघका अन्य पदाधिकारीहरुले सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखी गणमा रहेको बगलामुखी मन्दिरको पुजा अर्चना समेत गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .