समाज


धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल उक्लियो तेस्रो स्थानमा

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल उक्लियो तेस्रो स्थानमा

नेपालखबर
असार १५, २०७८ मंगलबार ४:३८,

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनामा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।

शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा ५ हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन्।

विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन्। अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ छ। यसअघि १ हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ।

सैनिक प्रवक्ता पौडेलले भने, ‘अरू देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवान्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौं। नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ।’

सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन सुरु गरिएको हो। विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पुर्‍याएबापत ६३ वर्षको अवधिमा नेपाली सेनाले ए१ लाख ३५ हजार ३४३ थान शान्ति (यूएन) पदक प्राप्त गरिसकेको छ।

अनुशासित, व्यावसायिक र साहसिक सैनिकका रूपमा स्थापित नेपाली सेनाले ‘शान्ति मिसन’ यात्रामा द्वन्द्वपीडित जनताको मन जित्दै शान्ति कायम राख्न सिपालु ‘पिस च्याम्पियन’को छवि बनाएको छ। नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ।

मिलनसार र उत्कृष्ट ढङ्गबाट जिम्मेवारी पूरा गरेकै कारण संयुक्त राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ। नेपालले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएमा १० हजारसम्मको सङ्ख्यामा फौज पठाउन सक्ने प्रतिबद्धता जाहेर गरिसकेको छ।

नेपालले योगदानका आधारमा प्राप्त गरेको सिरियामा तैनाथ अन्डोफ शान्ति मिसनको फोर्स कमान्डरको जिम्मेवारीमा हाल रथी ईश्वर हमाल छन्। यसअघि कृष्णनारायण थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, प्रधान सेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हालेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad