समाज


उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय हुने

उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय हुने

नेपालखबर
असार १३, २०७८ आइतबार १३:५,

काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा भोलि निर्णय गरिने भएको छ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागू हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताए।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाका ३ वटै जिल्लाको आ–आफ्नो बस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरु परामर्शमै रहेको उनले बताए।

उपत्यकामा संक्रमण दर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए।

निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझावहरु आएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .