समाज


भारतमा मास्क नलगाउने एक ग्राहकमाथि बैंकका सुरक्षा गार्डले गोली चलाए

भारतमा मास्क नलगाउने एक ग्राहकमाथि बैंकका सुरक्षा गार्डले गोली चलाए

नेपालखबर
असार १३, २०७८ आइतबार ८:४२,

गत शुक्रबार उत्तर प्रदेशको बरेली जिल्लामा ग्राहक राजेश कुमार र सुरक्षा गार्ड केशवबीच विवाद भएको थियो।

राजेश मास्क बिनै बैंक छिर्न खोजेपछि केशवले उनलाई भित्र पस्न दिएनन्। जसका कारण त्यहाँ चर्को विवाद उत्पन्न भएको थियो।

झडपकै अवस्था सिर्जना भएपछि सुरक्षा गार्डले आफूले बोकेको बन्दुकले राजेशलाई हानेका थिए। द इन्डियन एक्सप्रेसका अनुसार गोली लागेपछि घाइते भएका राजेशको यतिबेला उपचार भइरहेको छ।

राजेशकी श्रीमतीले पनि आफ्ना श्रीमानले मास्क नलगाएको स्वीकारेकी छिन्। तर मास्क लगाएपछि पनि ती सुरक्षा गार्डले खाजा खाने समय भएको बताउँदै राजेशलाई धकेलेको, बैंक प्रवेश गर्न नदिएको र बन्दुक चलाएको उनको भनाइ छ।

सुरक्षागार्ड केशवले भने बन्दुक झुक्किएर चलेको बताएका छन्। उनलाई प्रहरीले गिरफ्तार गरिसकेको छ। उनीमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको बताइएको छ।

हाल देब्रे तिघ्रामा गोली लागेका राजेशको अवस्था सामान्य भएको बताइएको छ। कोरोना प्रकोपबीच भारतमा बैंकहरुले सेवा दिइरहेका छन्।

तर बैंकमा मास्क लगाउनुपर्ने र व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने दुरीका नियमहरुको पालना भने गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad