खेल


दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी

दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी

नेपालखबर
असार १३, २०७८ आइतबार ८:३९,

नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ।

बुधबार एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)को विश्वव्यापी पार्टनर हो ।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ।

सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ ।

‘टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्द्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ’, कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘सहभागी २०७ देशमध्य नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राखेको छु। यसबाहेक दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।’

यो सधैँ ओलम्पिक कमिटीको मुख्य लक्ष्य रहँदै आएको उनको भनाइ छ।

ओलम्पिक खेललाई विश्व खेलकुदको महोत्सबका रुपमा लिइन्छ जसलाई विश्वभरका दर्शकले हेर्ने गर्दछन्।

एनओसीले दराजको माध्यमबाट नेपाली दर्शकले पनि जुलाई २३ देखि अगस्त ८ सम्म हुने ओलम्पिक हेर्न, यसबारे सुसूचित हुने र विभिन्न सामाजिक संजाल र अन्य माध्यमबाट सहभागी गराउने प्रयास रहने श्रेष्ठले बताए।

यता दराजका प्रबन्धनिर्देशक लिनो अलरिङले खेलकुद र त्यसमा पनि ओलम्पिकले आफ्नो बेग्लै परम्परागत पहिचानसहित विश्वभरका मानिसलाई एकसाथ बाँध्ने गरेको भन्दै अहिले कोभिड–१९ को यस कठिन समयमा सबैको जीवनमा असर पर्दा पनि यसले केही खुसी दिने प्रयास गरेको बताए।

‘हामी टोकियोमा हुने ओलम्पिक खेलका लागि यस सहकार्यमा साथ दिन पाउँदा गौरव महसुस गरिरहेका छौँ’, उनले भने, ‘उत्कृष्टता, सम्मान र मित्रता ओलम्पिकको मानहरु हुन् र हामी दराज पनि यसैमा अडिग छौँ। हामी युवाहरुको जुझारु समूह दक्षिण एसियामा उत्कृष्टता हासिल गर्न लागिरहेका छौँ।’ 

टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदै छ। २ सयभन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवर्द्धन होस् भन्ने नै रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad