ad ad

समाज


नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको खोज, उद्धार तथा राहत वितरण जारी

नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको खोज, उद्धार तथा राहत वितरण जारी

नेपालखबर
असार ८, २०७८ मंगलबार १४:३८,

अविरल वर्षाको कारण बाढी पहिरो र डुबानबाट प्रभावितहरुको खोज उद्धार तथा राहत वितरण गर्ने कार्यलाई नेपाली सेनाले निरन्तरता दिएको छ।

देशका विभिन्‍न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि सेनाले खोज, उद्वार तथा राहत वितरणका कार्यहरु सञ्चालन गरिरहेको जनाएको छ।

त्यसक्रममा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ स्थित मेलम्ची खोलाले कटान गरेको स्थानमा सुरक्षा गुल्म मेलम्चीबाट खटिएको नेपाली सेनाको उद्वार टोलीले ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य गरेको छ।

यस्तै, सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका–२ स्थित किउल ईलाकामा ५, चिउरीखर्क ईलाकामा ५ र गणेश ईलाकामा बाढी पहिरोबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि १० वटा गरी जम्मा २० वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ।

यसैगरी हेलम्बु गाउँपालिका स्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत ३ स्थानमा राहत सामग्री ढुवानी गर्नुका साथै अस्थायी बासस्थानको व्यवस्था गरेको छ।

यता, मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका–२ स्थित नारफु ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत मेडिकल सामग्री र पाल गोटा– १० ढुवानी गरी फर्कने क्रममा स्थानीय ३७ जनालाई उद्धार गरि पोखरामा र २६ जनालाई काठमाडौं ल्याइएको छ।

army-uddar5.jpg

मनाङ जिल्लाकै चामे गाउँपालिका–४ मा रहेको स्यालकु खोलामा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुको सहकार्यमा उक्त्त खोलाबाट नयाँबजार कोतोतर्फ आवत÷जावत गर्ने २ वटा अस्थायी काठेपुल निर्माण गरेको छ।

यसैगरी, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित तिम्बु ईलाका र हेलम्बु गाउँपालिका–२ स्थित किउल ईलाकाका बाढी पहिरो पीडितहरुका लागि १६ वटा अस्थायी बासस्थान निर्माण गर्न सहयोग गरेको छ।

साथै, प्राकृतिक विपद्को घडीमा बाढी पहिरो प्रभावित क्षेत्रहरुमा नेपाली सेनाले हेलिकप्टर मार्फत गरेको राहत सामग्री ढुवानी तथा वितरण कार्यको हेलम्बु गाउँपालिकाका स्थानीय जन प्रतिनिधिहरुले उच्च प्रशंसा गर्नुको साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निर्विवाद ढङ्गले ठाउँ ठाउँमा राहत वितरण गर्न सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .