प्रहरी अधिकृतको युनिफर्म तथा लोगो लगाएर सामाजिक सञ्जालमा फेक आईडी सञ्चालन गर्ने एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिबोट बस्ने वर्ष २० को ईसान लामिछाने रहेका छन्।
लामिछानेले प्रहरीको लाेगो दुरुपयोग गरी प्रहरी कर्मचारीहरुको छविमा नकारात्मक असर पार्ने काम गरेको प्रहरीले जनाएको छ।
प्रहरीको साइबर ब्यूरोको टोलीले हिजो (सोमबार) पक्राउ गरेको ईसानविरुद्ध काठमाडौं जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया