अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको ओलम्पिक प्लेबुकमा ओलम्पिकमा भाग लिने खेलाडीलाई निःशुल्क कन्डम प्रयोग नगर्न साथै अनावश्यक रुपमा शारीरिक सम्पर्क नराख्न भनिएको छ।
ओलम्पिक कमिटिले ओलम्पिक हुने क्षेत्रमा खेलाडीले कोरोनाविरुद्धको नियम तोडेको थाहा भएमा उनीहरुलाई जरिवाना गर्न सकिने, खेल्न अयोग्य ठहर्याउने साथै देश नै फर्काउनेसम्मको दण्ड तोकेको छ।
सन् १९८८ को ओलम्पिकदेखि सुरक्षित यौन सम्बन्धको लागि आयोजक राष्ट्रले हजारौं निःशुल्क कन्डम बाँड्ने गरेका छन्। द गार्जियन

प्रतिक्रिया