कारोबार


नेपाली नोट छाप्न १० विदेशी कम्पनी अयोग्य

नेपाली नोट छाप्न १० विदेशी कम्पनी अयोग्य

नेपालखबर
असार ७, २०७८ सोमबार १४:१,

नेपाली नोट छा विदेशी १० कम्पनी अयोग्य बनेका छन्। नेपाल राष्ट्र बैंकले नेपाली नोट छपाइको लागि गरेको आह्वानमा विभिन्न देशका कम्पनीहरुले आवेदन दिएका थिए।

तर ती सबै कम्पनीहरु आवेदनको पहिलो चरण नै पार गर्न नसकेको नेपाल राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता देवकुमार ढकालले नेपालखबरसँग कुरा गर्दै आवेदन दिने कम्पनीहरुको छनोट प्रक्रियामा जाँदा सबै कम्पनीहरु अयोग्य देखिएको बताए।

उनले भने ‘प्रारम्भिक चरणमा हामीले कम्पनीको डकुमेन्टहरु मागेका थियौं तर कुनै पनि कमपनीले हामीले चाहेको जस्तो डकुमेन्ट पेश गर्न सकेनन्। उनीहरुले त्यो डकुमेन्ट देखाउन नै नसक्ने अवस्था थियो वा विविध कारणले देखाउन सकेनन्। त्यो अर्को कुरा भयो तर हामीले चाहे जस्तो डकुमेन्ट पाउन नसकेपछि नोट छपाइको आह्वान नै रद्द गरिदिएका छौं।’

ती आवेदन दिने कम्पनीको नाम राष्ट्र बैंकले गोप्य राखेको छ। ती कम्पनीहरु भारत, चीन, फ्रान्स, अमेरिकाका रहेका छन्।

यसरी नोट छपाइको काम अन्योल बनेपछि नेपाली बजारमा नोटको अभाव हुन्छ की भन्ने प्रश्नमा भने राष्ट्र बैंकले त्यसको शंका नगर्न भनेको छ। ढकाल भन्छन्, ‘तत्काल अर्को आह्वान हुन्छ। त्यो समयसम्म अभाव हुने अवस्था छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad