समाज


धनुषा र पर्सामा मंगलबारदेखि सवारी साधनमा जोर विजोर

धनुषा र पर्सामा मंगलबारदेखि सवारी साधनमा जोर विजोर

नेपालखबर
असार ७, २०७८ सोमबार ९:१०,

कोरोना संक्रमणको हटस्पट जिल्ला धनुषा र पर्सामा भोलिदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ।

संक्रमणदर घटेपछि मापदण्डको पालना गरी निजी सवारीसाधन जोरविजोर प्रणालीमा भोलि मंगलबारदेखि संचालन गर्न दिने प्रशासनले जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सोमबार एक सूचना जारी गर्दै सोमबारदेखि जोरविजोर प्रणालीमा निजी सवारीसाधान चलाउन पाइने जानकारी दिएका छन्।

जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरको निजी सवारीसाधान चलाउन पाइने सूचनामा उल्लेख छ।

यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन समिति धनुषाले आज राति १२ बजेदेखि लागु हुने गरी सवारीसधान जोरविजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ।

धनुषामा परिमार्जनसहित एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो।

जोर गते जोर र विजोर गते विजोर सवारीसधान चलाउन दिने समितिले निर्णय गरेको हो।

अत्यावश्यक पसलहरु दिउँसो ३ बजेदेखि खोल्न पाइने, विद्यालयमा भीडभाड नगरी मापदण्डको पालना गरी पालैपालो पुस्तक वितरण गर्न सकिने, सरकारी तथा अर्ध सरकारी कार्यालयहरु मपदण्डको पालना गरी खोल्न पाइने, बैंक तथा वितीय संस्थाहरु नियमित संचलान गर्ने लगायतको सिफारिस समितिले गरेको हो।

यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले असार ९ गते बुधबारदेखि सेवा प्रवाह गर्ने भएको छ।

जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै मापदण्डको पालना गरी १८ वटै पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad