ad ad

राजनीति


जेठभर कोरोना परीक्षण र स्वास्थ्य सामग्री वितरणमा खटियो नारायणकाजीको टोली

जेठभर कोरोना परीक्षण र स्वास्थ्य सामग्री वितरणमा खटियो नारायणकाजीको टोली

नेपालखबर
असार ७, २०७८ सोमबार ९:५,

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसहित उनको सचिवालय जेठ महिनाभर कोरोना परीक्षण र स्वास्थ्य सामग्री वितरणमा केन्द्रित भएको छ।

जेठको ४ गतेदेखि गोरखा जिल्लाका विभिन्न स्थानमा कोरोना परीक्षण थालेको श्रेष्ठसहित उनको सचिवालयले महोत्तरी र सर्लाहीमा समेत पुगेर कोरोनाको परीक्षण गरेको थियो।

‘हामी जेठ एक महिना पूरै कोरोनाको परीक्षण र स्वास्थ्य सामग्री वितरणमा केन्द्रित भयौँ’, श्रेष्ठका सचिवालय प्रमुख सुरेशकाजी श्रेष्ठले भने।

प्रवक्ता श्रेष्ठले नेपालमा कोरोना संक्रमण देखिनथालेपछि आफ्नो सचिवालयमा रहेका सदस्यहरुलाई ‘कोभिड भोलिन्टियर्स सर्भिस’ (सीभीएस) गठन गरेका थिए।

एक महिनासम्म प्रवक्ता श्रेष्ठलाई सोही सीभीएस टिमले सहयोग गरेको थियो।

narayankaji jethvar4

सीभीएसमा केही डाक्टर, सचिवालयका सदस्य, ल्याब टेक्निसियन गरी १२ जनाभन्दा बढी थिए।

डा. राकेश परियार, डा. नविन सापकोटा, शिशिर देवकोटालगायत सुदिप पौडेल, सन्तोष पौडेल थिए।

यस्तै ल्याब टेक्निसियनमा खेमराज सापकोटा, रोशन परियार शैलेश थपलिया र विक्रम लामा थिए।

यसैगरी इन्द्र भट्टराई, सुमन आचार्य र वसन्त देवकोटा पनि सीभीएसको टिममा थिए।

एक महिनाको अवधिमा गोरखा, सर्लाही र महोत्तरीमा गरेर १४ सय ४० जनाको एन्टिजेन परीक्षण गरेको सचिवालयका सुरेशकाजी श्रेष्ठले बताए।

परीक्षण गरिएकामा २ सय १४ जनालाई भने कारोना देखिएको थियो।

narayankaji jethvar3

सीभीएसको टोलीले कोरोना भएकाहरुको स्वास्थ्य अवस्था जानकारी लिने काम पनि गरेको श्रेष्ठले बताए।

‘कोरोना भएकाहरुलाई फोनबाट परामर्श दियौँ, पीसीआर परीक्षण गर्न सहजीकरण गर्ने र आइसोलेसन र अस्पतालमा बेड खोज्न पनि भूमिका खेल्यौँ’, श्रेष्ठले भने।

सुरु सुरुमा सीभीएसले एन्टिजेन र औषधि खरिद गरेको थियो। पछि भने स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर वितरण गरेको थियो।

गोरखाका १८ क्षेत्रमा, सर्लाहीको पाँच क्षेत्र र महोत्तरीको केही क्षेत्रमा सो टोलीले एन्टिजेन परीक्षण, स्वास्थ्य सामग्री वितरण र कोरोना पोजिटिभ भएकाको उपचारमा सहजीकरण गरेको थियो।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा हुँदै कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि भोलिन्टियर्स ग्रुप परिचालन गर्ने प्रस्ताव राखेका थिए तर सो प्रस्ताव कार्यान्वयन नभएपछि उनी आफैँले भोलिन्टियर्स खटाएर केही जिल्लामा कोरोनाको उपचारमा खटाएका हुन्।

narayankaji jethvar5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .