समाज


सेफ्टिट्यांकीमा खसी दुई जनाको मृत्यु

सेफ्टिट्यांकीमा खसी दुई जनाको मृत्यु

नेपालखबर
असार ७, २०७८ सोमबार ७:३४,

संखुवासभा खादबारी नगरपालिका ४ सेखाका नरेश गुरुङको घरमा शौचालय बनाउने क्रममा सेफ्टीट्यांकीमा खसी दुई जना मजदुरको मृत्यु भएको छ।

ढलानको सेटिङ खोल्ने क्रममा अचानक सेफ्टीट्यांकीमा खसी खादबारी ५ का ३७ वर्षीय ताराबिर गुरुङ र खादबारी ४ का २४ वर्षीय ईश्वर बहादुर राईको ज्यान गएको हो।

हिजो साढे ६ बजे सेफ्टिट्यांकीमा खसी बेहोस भएका उनिहरुको तत्काल उद्धार गरी उपचारका लागी जिल्ला अस्पताल खादबारीमा लगिएको थियो।

उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad