समाज


काठमाडौं उपत्यकामा फेरि थपिँदै निषेधाज्ञा, अबको स्वरूप कस्तो?

काठमाडौं उपत्यकामा फेरि थपिँदै निषेधाज्ञा, अबको स्वरूप कस्तो?

नेपालखबर
असार ६, २०७८ आइतबार १:५७,

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि फेरि थपिने भएको छ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार यस विषयमा छलफल गर्न आज अपराह्न ४ बजे उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ।

‘अबको निषेधाज्ञाको मोडल (स्वरूप) कस्तो हुने भन्ने टुंगो लागिसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले आइतबार बिहान नेपालखबरसँग भने, ‘स्मार्ट लकडाउनबारे मलाई सरकारबाट आधिकारिक डकुमेन्ट आइसकेको छैन, तर जे होस्, अबको निषेधाज्ञा पहिलेभन्दा अरू खुकुलो हुनेछ।’

उनका अनुसार निषेधाज्ञाको अवधि कम्तीमा अरू एक हप्ता थप्नेबारे छलफल भइरहेको छ। यसअघि घोषित निषेधाज्ञाको अवधि भोलि (असार ७ गते) बाट सकिँदै छ।

‘आज तीनै सीडीओको बैठकपछि अन्तिम निर्णय हुन्छ,’ उनले भने।

कोरोना महामारी नियन्त्रण भइनसकेकाले निषेधाज्ञा जारी राख्ने तर अबदेखि पहिलेभन्दा सहज किसिमको ‘स्मार्ट निषेधाज्ञा’ गरिने चर्चा केही दिनदेखि चलिरहेको छ।

‘यसबारे आज बैठक बसेर निर्णय नगर्दासम्म त्यो भनेको कस्तो हुन्छ भनेर म अहिले व्याख्या गर्न सक्दिनँ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘तर पहिलेभन्दा कम्फर्टेबलचाहिँ हुन्छ।’

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता काठमाडौं उपत्यकामा गत वैशाख १६ गते सुरु गरिएको निषेधाज्ञाको अवधि पटकपटक थपिइरहेको छ।

निषेधाज्ञा लागू गर्दा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले संयुक्त रूपमा उही अवधि र स्वरूपमा गर्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .