सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोका कारण यही असार १ गते राति मेलम्चीमा भीषण बाढी आएको बताएको छ।
बाढीले जनधन क्षति गरेको ४ दिनपछि सूचना जारी गर्दै हेलम्बु गाउँपालिकाले त्यहाँ २५ प्रतिशत मात्र पहिरो गएको र अझै ७५ प्रतिशत भाग बाँकी रहेकाले अझै पहिरो जान सक्ने जनाएको हो।
त्यही पहिरोले मेलम्ची नदी थुनिएर एक्कासि खोलिँदा मेलम्ची बजारै बगाउने गरी लेदोसहितको बाढी आएको विज्ञले बताएका छन्।
हेर्नुहोस्, हेलम्बु गाउँपालिकाले जारी गरेको सूचना:

यो पनि : हेलम्बु बाढी पहिरोको क्षति विवरण सार्वजनिक, अझै २३ जना बेपत्ता

प्रतिक्रिया