समाज


जाजरकोटमा बेपत्ता सातैजना सकुशल फेला

जाजरकोटमा बेपत्ता सातैजना सकुशल फेला

नेपालखबर
असार ४, २०७८ शुक्रबार ८:४३,

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जाजरकोटको जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए।

मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताए।

खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी खाना खुवाउने काम भएको उनले बताए। रासस

हावाहुरीबाट जाजरकोटमा सातजना बेपत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .