सो भेटवार्तामा दुवैबीच सकारात्मक छलफल भएको बताइएको छ। साइबर सुरक्षा, पारस्परिक हितका लागि काम गर्ने साथै दुवै देशका कुटनीतिज्ञहरु सेवामा फर्काउने विषयमा छलफल भएको थियो।
यस भेटका दौरान बाइडेनले पुटिनलाई अमेरिकी कम्पनीले निर्माण गरेको चश्मा उपहार दिएको ह्वाइट हाउसले जनाएको छ।
अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार र्यानडल्फ युएसएले निर्माण गरेको चश्मा बाइडेनलाई उपहार दिइएको हो।
यही चश्मा अमेरिकी सेना र नेटो गठबन्धनका सेनाले पनि लगाउने गरेका छन्।
यो पनिः राजदूत सेवामा फर्काउने सहमति लगायत पुटिन र बाइडेनबीच यी विषयमा छलफल भए...
प्रतिक्रिया