समाज


यमनमा अमेरिकी ड्रोनमाथि क्षेप्यास्त्र आक्रमण

यमनमा अमेरिकी ड्रोनमाथि क्षेप्यास्त्र आक्रमण

नेपालखबर
भदौ ४, २०७६ बुधबार १२:१७,

यमनमा अमेरिकी ड्रोनमाथि क्षेप्यास्त्र प्रहार भएको छ। क्षेप्यास्त्र आक्रमणले अमेरिकी ड्रोन खसेर पूर्ण रुपमा नष्ट भएको अमेरिकाले जनाएको छ।

मंगलबार यमनमा अमेरिकी ड्रोनमाथि आक्रमण भएको हो। अमेरिकाले इरानस्थित हुथी विद्रोहीले आफ्नो ड्रोनमा आक्रमण गरेको आशंका गरेको रोयटर्सले जनाएको छ।

गत जुन महिनामा इरानले क्षेप्यास्त्र प्रहार गरेर नै अमेरिकाको ड्रोन विमान खसाएको थियो। त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।

यद्यपी आक्रमणले सर्वसाधारणको ज्यान जाने जोखिम भएपछि आक्रमण रोकेको अमेरिकाको भनाइ छ।

इरानले अमेरिकाले आक्रमण गरे आफूले त्यसको गतिलो जवाफ दिने बताएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .