ad ad

राजनीति


जयशंकरलाई कालो झण्डा देखाउन खोज्दा फणीन्द्र नेपाल नजरबन्दमा

जयशंकरलाई कालो झण्डा देखाउन खोज्दा फणीन्द्र नेपाल नजरबन्दमा

नेपालखबर
भदौ ४, २०७६ बुधबार १२:१३,

भारतीय विदेश मन्त्री एस. जयशंकरलाई कालो झण्डा देखाउन खोज्दा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल नजरबन्दमा परेका छन्।

बुधबार अपरान्ह नेपाल आएका जयशंकरलाई मोर्चाले एअरपोर्टको सुनौलो ढोकाको अघिल्तिरबाट कालो झन्डा देखाउने तयारी गरेको थियो। तर, अध्यक्ष नेपालको निवास अगाडि प्रहरी तैनाथीका कारण कालोझण्डा देखाउन नपाएको उनले जनाएका छन्।

घरमै नजरबन्दमा परेर कालो झण्डा देखाउने कार्यक्रम असफल भएपछि नेपालले विज्ञप्तिमा लेखेका छन्, ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुरुदेखि नै नेपालको वास्तविक सिमाना टिस्टादेखि सतलजसम्म हो भन्ने कुरा सप्रमाण भन्दै आएको छ भने यो मोर्चा आफ्नो स्थापना कालदेखि नै नेपाली जनताको स्वाभिमानको रक्षाका निम्ति पनि लड्दै आइरहेको छ। आज यो देशको गृहप्रशासनले शान्तिपूर्ण क्रियाकलाप गर्न पाउने मेरो मानव अधिकारको हनन मात्र गरेको छैन , व्यक्तिका आधारभूत र नैसर्गिक अधिकारलाई प्रहरीका बुटमुनि थिलथिलो पारिदिएको छ।’

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले उठाउँदै आइरहेको नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिनबाट भारतले आफ्नो उपनिवेश अन्त्य गर्नुपर्छ भन्ने माग संबोधन नभएसम्म नेपाल र भारतबीच सम्बन्ध सुदृढ हुन नसक्ने उनले बताएका छन्।

त्यस्तै २०७२ सालमा आएको शक्तिशाली भूकम्पपछि भारतले नेपालविरुद्ध लगाएको आर्थिक नाकाबन्दी पूर्णरूपमा गलत थियो भनी नेपाली जनतासमक्ष भारत सरकारले माफी नमागेसम्म पनि सम्बन्ध नसुध्रने उनको चेतावनी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .