समाज


१९ घन्टादेखि टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

१९ घन्टादेखि टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

नेपालखबर
असार २, २०७८ बुधबार ५:११,

बिगत १९ घन्टादेखि दाङस्थित राप्ति नदीबीचको टापुमा फसेका ४ जना व्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ।

जिल्लाको लमहि नगरपालिका वाडा नं ७ हसनापुर र राजपुर गाउँपालिका वाडा नं. २ बेला स्थित राप्ति नदीको बिच टापुमा हिंजो दिउँसो २ बजेबाट फसेकाहरुको उद्दार गरिएको हो।

टापुको दुबै तिर राप्तिको नदी बग्ने र बिचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरु अबिरल बर्षा सँगै राप्तिमा बाढी आए पछि करिब ५० वटा गाइ बस्तु सँगै अलपत्र परेका थिए।

उद्दार गरिएका ब्यक्तिहरु लमहि ७ बस्ने बर्ष ४८ को मन्सराम चौधरि , राजपुर २ बस्ने वर्ष ५० की साबित्री यादव , सोहि ठाउँ बस्ने वर्ष २६ को राधेश्याम यादव र राजपुर ३ बस्ने वर्ष २५ को गणेश यादव रहेका छन्।

राति ९ बजे उनिहरु फसेको जानकारि आए पनि रातको समयमा पानीको अत्यधिक बहाबका कारण उद्दारमा कठिनाइ भएको थियो।

आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तु बाट सशस्त्र प्रहरी उपरीक्षक यादव बिश्वकर्माकोको कमान्डमा गएको बिपद ब्यबस्थापन सहितको टोलिले ९ बजे चारै जनाको उद्दार गरि घर पठाएको हो।

उनीहरुले चराउन लिएर गएका गाइबस्तु चाहिं सोहि टापुमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .