समाज


नारायणी नदीमा अहिलेसम्मकै ठूलो बाढी

नारायणी नदीमा अहिलेसम्मकै ठूलो बाढी

नेपालखबर
असार २, २०७८ बुधबार ४:५९,

चितवनको नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो। त्यो बेला नारायणीमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड मापन गरिएको छ।

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको जानकारी दिए। सन् १९७४ अगष्ट ५ मा नारायणीमा जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो।

सोही १० दशमलव एक मिटरलाई अहिलेसम्मको उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको रायले जानकारी दिए। ‘नारयणीमा १९६२ यताकै सबैभन्दा धेरै जलस्तर मापन गरिएको छ,’ उनले भने।

सन् २०१८ को बर्सातमा नारयणीमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर मापन गरिएको थियो। सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ। सन् २०१३ मा नारायणीमा १३ हजार घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो।

नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्डलाई मानिन्छ। त्यस्तै नारायणीको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .