गतहप्ताको शनिबार लाहोरस्थित जोनी एन्ड जाग्नु रेस्टुरेन्टका कर्मचारीलाई प्रहरीले रातभर हिरासतमा लिएको बीबीसीले जनाएको छ।
प्रहरीले निःशुल्क बर्गर मागेपछि त्यहाँका कर्मचारीले सित्तैमा बर्गर पाइँदैन भनेर जवाफ दिएका थिए।
त्यसपछि प्रहरीले उक्त रेस्टुरेन्टलाई घेरा हालेर कर्मचारीहरु नियन्त्रणमा लिएका थिए। यस घटनामा ९ प्रहरी संलग्न थिए।
उक्त रेस्टुरेन्ट संचालकका अनुसार यसअघि पनि प्रहरीले धम्क्याएर निःशुल्क खाना खाएका थिए।
यतिबेला प्रहरीले यस घटनामा संलग्न ९ प्रहरी पहिचान गरी उनीहरुलाई निलम्बन गरेको बताएका छन्।

प्रतिक्रिया