समाज


खोप वितरणमा भनसुन : ४८ वर्षीय पुरुषलाई खोप दिँन कार्डमा लेखियो- उमेर ६२, लिंग महिला!

खोप वितरणमा भनसुन : ४८ वर्षीय पुरुषलाई खोप दिँन कार्डमा लेखियो- उमेर ६२, लिंग महिला!

नेपालखबर
असार १, २०७८ मंगलबार ४:१९,

सर्लाहीको हरिवनमा कोरोनाविरुद्धको खोप वितरणमा व्यापक अनियमितता भएको पाइएको छ। हरिवन नगरपालिका- ४ स्थित सासापुर स्वास्थ्य चौकीले खोप दिँदा चरम लापरबाही गरेको हो।

स्वास्थ्य चौकीले हरिवन-८ का ४८ वर्षीय एक पुरुषलाई उमेर ६२ वर्ष र लिंग महिला उल्लेख गरेर खोप दिएको पाइएको छ। हरिवन- ८ डाँडाटोलका ४८ वर्षीय रामबाबु घिमिरेले उमेर ६२ वर्ष र लिंग महिला उल्लेख गरेर खोप लिएका हुन्। सोमबार घिमिरेले सासापुर स्वास्थ्य चौकीबाट भेरोसेल खोप लिएका थिए।

चीनले अनुदानमा दिएको भेरोसेल खोप सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मात्रै दिने गरी मापदण्ड निर्धारण गरेको छ।

तर, सासापुर स्वास्थ्य चौकीले भने भनसुनका आधारमा मापदण्ड भन्दा बाहिरका मानिसलाई उमेर र लिंगसमेत गलत उल्लेख गरेर खोप दिएको हो।

खोप लगाएपछि घिमिरे आफैँले यो घटना बाहिर ल्याएका हुन्। उनले खोप लगाएको प्रमाणित कार्ड सामाजिक सञ्जालमा राखेपछि यो घटना बाहिर आएको हो। ६२ वर्षीया महिला बनेर खोप लगाएको भन्दै उनको आलोचना भएपछि घिमिरेले अहिले आफ्नो त्यो पोस्ट हटाएका छन्।

201537015 358039262328156 2295499910309482433 n

सासापुर स्वास्थ्य चौकीका इन्चार्ज श्यामविनोद कुशवाहाले भने भिडभाडको कारण यस्तो घटना भएको हुनसक्ने दाबी गरे। ‘सोमबार स्वास्थ्य चौकीमा अलि बढी नै भिड थियो,’ कुशवाहाले नेपालखबरसँग भने, ‘त्यही हुलमुलको फाइदा घिमिरेले उठाएका हुन सक्छन्। नाम इन्ट्री गर्नेले आवश्यक ध्यान नदिँदा पनि यस्तो भएको होला।’

उनले भनसुनको आधारमा र लक्षित उमेर समूह भन्दा बाहिरका मान्छेलाई खोप नदिएको दाबी गरे। आइतबार र सोमबार गरेर सासापुर स्वास्थ्य चौकीबाट ६ सय ५९ जनाले खोप लिएका छन्। चौकीमा अझै ४१ डोज खोप बाँकी रहेको जानकारी दिँदै कुशवाहाले त्यो खोप जिल्ला स्वास्थ्य कार्यालयलाई नै फिर्ता पठाइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .