सभामुख अग्निप्रसाद सापकोटाले गृह जिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन्।
सभामुख सापकोटाले केन्द्रको अवलोकन पश्चात डिजिटल एक्सरे मेसिनलगायतका महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेका उनको सचिवालयले जनाएको छ।
साथै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट सो स्वास्थ्य केन्द्रकालागि रु १५ लाख रकमान्तर गरिएको छ।
प्रतिक्रिया