समाज


बिर्सिने समस्याका कारण रनभुल्लमा परेका बाइडेन क्याफेमा हराए (भिडिओ)

बिर्सिने समस्याका कारण रनभुल्लमा परेका बाइडेन क्याफेमा हराए (भिडिओ)

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ६:४६,

उनी राष्ट्रपति बनेपछि यो विषय झनै सबैको चासो बनेको छ।

केही समय अगाडि राष्ट्रपति बनेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दा उनी उत्तर दिँदादिँदै बिचमै उठेर हिँडेका थिए।

कयौं पटक उनले उपस्थित व्यक्तिहरुलाई सम्बोधन नै गरेका छैनन् भने केही समय अगाडि मात्र अमेरिकी सेनाको कार्यक्रममा उनले आफूले कुनैबेला आफू राष्ट्रपति भएको नै बिर्सने गरेको बताएका थिए।

यतिबेला फेरि उनको बिर्सने समस्याको झलक दिने एउटा भिडिओ सार्वजनिक भएको छ। आइतबार मात्र बेलायतमा आयोजित जी७ बैठक सम्पन्न भएको छ।

सो बैठकमा भाग लिन बाइडेन पनि अमेरिकाको नेतृत्व गर्दै त्यहाँ पुगेका थिए। कर्नवेलमा आयोजित सम्मेलनमा भाग लिन गएका उनी एउटा क्याफे भित्र हराएको भिडिओ सार्वजनिक भएको हो।

भिडिओका देखिएअनुसार उनी रनभुल्लमा परेका छन्। त्यहाँ उपस्थित एक महिलाले उनलाई ‘कर्नवेलमा जारी बैठक कस्तो भइरहेको छ?’ भनेर प्रश्न गर्छिन्।

केही बेरपछि हात उचाल्दै उनले राम्रो भइरहेको भन्छन्। सोही क्रममा फर्स्ट लेडी जिल बाइडेन त्यहाँ आइपुग्छिन् र बाइडेनलाई डोर्‍याएर लैजान्छिन्।

उपस्थित मानिसहरुले बाइडेनलाई पहिलोपटक यस्तो भने नभएको भन्दै कुरा गरेको भिडिओमा सुन्न सकिन्छ। जिलले बाइडेनलाई डोर्‍याएर लगेपछि त्यहाँका मानिसहरुको हाँसो फुट्छ।

बाइडेनले सरकारी अधिकारीहरुको नामसमेत बिर्सने गरेको समाचारहरु आएका छन्।

बाइडेन हाल ७८ वर्षका भए। उनी गत नोभेम्बरको चुनावमा अमेरिकाको नयाँ राष्ट्रपति चयन भएका हुन्।

अमेरिकी इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपति बन्ने व्यक्ति बाइडेन नै हुन्।

 (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad