ad ad

समाज


८ लाख घुस फालेर फरार गाउँपालिका प्रमुख कार्यालयमा हाजिर, बाहिर प्रदर्शन, भित्र स्वागत

८ लाख घुस फालेर फरार गाउँपालिका प्रमुख कार्यालयमा हाजिर, बाहिर प्रदर्शन, भित्र स्वागत

शैलेन्द्र महतो
जेठ ३०, २०७८ आइतबार १०:२१,

घुस काण्डमा मुछिए पनि कानुनी कारबाहीबाट उम्किन सफल धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई गाउँपालिकामा स्वागत गरिएको छ।

८ लाख घुस फालेर फरार भएको तीन महिनापछि अध्यक्ष राउत आइतबार कार्यालयमा हाजिर भएका हुन्।

उनलाई गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी, एमालेका नेता कार्यकर्ता तथा समर्थकहरुले स्वागत गरेका छन्।

सरकारको संरक्षणमा कानुनी कारबाहीबाट जोगिएर आएका अध्यक्ष राउतको विरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ता, नागरिक समाजलगायत युवाले प्रदर्शन गरेका छन्।

गाउँपालिका कार्यालय अगाडि उनीहरुले विभिन्न नारा लखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनमा जसपाका नेता राजकिशोर महतो, युवा नेता अजय राउत, श्रवन कुमार, राजेश महतोसहित युवाहरुको सहभागिता थियो।

bateshwor-p.jpg

गएको फागुन १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुस रकम फालेर भागेका थिए।

गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख रुपैयाँ घुस सुक्जोर खोलाको किनारबाट बरामद गरेको थियो।

bateshwor-pr.jpg

चालकलाई फेरि हाजिर हुने सर्तमा छाडिएको थियो। गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए।

 घुस फालेर फरार गाउँपालिका अध्यक्ष फर्किए, घरमा स्वागत, कार्यालयमा निषेधको तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .