कैलालीको कैलारी गाउँपालिका-२, कैलालीगाउँमा सोमबार शंकास्पद वस्तु फेला परेको छ। स्थानीयवासीले नाली खन्ने क्रममा सो शंकास्पद वस्तु फेला पारेका हुन्। शंकास्पद वस्तुलाई नेपाली सेना देवीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षित डिस्पोज गरेको छ। प्रकाशित: जेठ २५, २०८३ सोमबार १६:२५
प्रतिक्रिया