ad ad

कारोबार


नेप्से ३ हजार विन्दुनजिक पुग्दा सेयर कारोबार रकममा फेरि रेकर्ड

नेप्से ३ हजार विन्दुनजिक पुग्दा सेयर कारोबार रकममा फेरि रेकर्ड

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १०:१३,

सेयर कारोबार रकममा आज नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँको सेयर किनबेच भएको हो।

यो अहिलेसम्मकै उच्च कारोबार रकम हो।

त्यस्तै बजार परिसूचक नेप्से पनि ३८.३२ अंकले बढेको छ। उक्त दरले बढेपछि २९८३.१० अर्थात् ३००० विन्दुनजिक पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ११.५४ अंकले बढेको छ।

आजको कारोबारमा २ सय २० कम्पनी सामेल भएका छन्। उनीहरुको १ लाख ८२ हजार ४ सय ३० पटक सेयर किनबेच भएको छ। यसअनुसार ३ करोड ७० लाख ७६ हजार बढी कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।

कुल १३ समूहमध्ये आज लगानी, उत्पादन, जलविद्युत्, विकास बैंक, होटल र पर्यटन तथा वाणिज्य बैंकको सूचक हरियो हुँदा बाँकी समूहको सूचक राताम्य छन्।

आज करिब चार दर्जन बढी कम्पनीका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा आम्दानी गरेका छन्। श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक लगायतका संस्थाको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले कमाएका हुन्।

गुमाउने लगानीकर्ताले आज ५.६२ प्रतिशतसम्म अधिकतम घाटा व्यहोरेको नेप्सेले जनाएको छ। आज कम्पनीहरुमध्ये सर्वाधिक ६६ करोड रुपैयाँसम्मको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .