ad ad

समाज


तातोपानी नाकाको विकल्प मानिने रसुवागढीको टिमुरेमा सडकको दुरवस्था

तातोपानी नाकाको विकल्प मानिने रसुवागढीको टिमुरेमा सडकको दुरवस्था

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ८:४५,

सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ। सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन्।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ। हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन। सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ।

सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने पाइएको सामान महँगो हुने, बासि सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीय जनताले दुःख पाएका छन्। टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताइन्।

यस्तै अर्का स्थानीय व्यावसायी बल बहादुर घर्ती मगरले खराब बाटोको मार सँगै कोरोना संक्रमणको जोखिमको कारणले लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताए

धुन्चे टिमुरे सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परेपनि समयमै काम हुन सकिरहेको छैन। मुख्य शहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको छ। टिमुरेकै स्थानीय छुनी डोल्मा लामाले विरामी भएर अस्पताल जान समेत बाटोको कारण समस्यामा परेको बताइन्।

यस्तै रसुवाका पूर्वसांसद(प्रतिनिधि सभा) मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको बताए।

उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिएपनि आवश्यक भौतिक पूर्वाधारको कमिले प्रयोगमा आउन नसकेको पूर्वसांसद आचार्यले बताए।

सरकारले यस सडक खण्डलाई एक निर्वाचन एक रणनैतिक सडक कार्यक्रम अन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने विश्वास ब्यक्त गरे। यो सडकलाई पवित्र धार्मिक स्थल गोसाईंकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने पूर्वसांसद मोहन आचार्यले बताए।

यो सडक पासाङल्ह्यामु राजमार्गको नामले पनि चिनिन्छ। यस सडकको ठिक तल मैलुङ स्याफ्रुबेसी सडक पर्दछ। मैलुङ स्याफ्रुबेसी सडक टिमुरेसम्म पुग्ने भएकोले पासाङल्ह्यामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .