ad ad

समाज


भित्रियो मनसुन, काठमाडौंलगायत स्थानमा मुसलधारे वर्षा

भित्रियो मनसुन, काठमाडौंलगायत स्थानमा मुसलधारे वर्षा

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ८:३७,

नेपालमा मनसुन भित्रिएको मौसमविद्ले बताएका छन्।

अहिले काठमाडौं उपत्यकालगायत स्थानमा मुुसलधारे वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो २ बजे जारी गरेको विशेष मौसम बुलेटिनअनुसार आज जेठ २८ गतेबाट प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुन भित्रिएको हो।

अब एक/दुई दिनभित्रै मनसुन देशैभर फैलिने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाद्वारा जारी विशेष मौसम बुलेटिनमा सचेत गराउँदै भनिएको छ– ‘आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मनसुन भित्रिएसँगै आजबाट वर्षायाम सुरु भएको छ।

मनसुन भित्रिएकोबारे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिन :

bisemau

 

यसपटक औसतभन्दा धेरै वर्षा हुने अनुमान गर्दै बाढी, पहिरो, डुबानबाट सुरक्षित रहने तयारी गर्न मौसमविद्ले यसअघि नै सुझाव दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .