समाज


सिँचाई आयोजनामा कार्यरत मजदुर बाढीमा बेपत्ता

सिँचाई आयोजनामा कार्यरत मजदुर बाढीमा बेपत्ता

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ४:७,

दैलेखको भैरवी २ मा बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। बिहीबार बिहान भैरवी–२ का ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।

स्थानीइ पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा संलग्न थापालाई एक्कासी आएको बाढीले बगाएको हो।

सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर उनलाई बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए। ‘योजनाको काम नियमित भइरहेको थियो। जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता बनायो,’ थापाले भने।

स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको खोजी गरिरहे पनि फेला पारेका छैनन्। बिहीबार बिहान ११ बजे देखि नै उनको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ। उक्त खोला मिसिएको छामघाट खोलामासमेत आज बिहानैदेखि खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको छ। खोलामा बाढी एक्कासी आउँदा भरिरहेको जाली जोगाउन खोज्दा केशव बेपत्ता उनले बताए।

प्रदेश सरकारको १२ लाख आर्थिक सहयोगमा पोडिगाड खोला तटबन्ध तथा सिँचाइ योजनाको काम भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad