कोरोना भाइरसको संक्रमण हुँदा नयाँ–नयाँ लक्षण देखिन थालेका छन्।
अहिलेसम्म ज्वरो, खोकी, थकान तथा गन्ध/स्वाद थाहा नपाउनुलाई कोरोना संक्रमणका लक्षण मानिएका छन्।
तर युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकले नङको रङमा परिवर्तन आउनु पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने दाबी गरेका छन्।
यसलाई उनीहरूले ‘कोभिड नेल’ नाम दिएका छन्।
वैज्ञानिक भन्छन् ः नङको आधा भागको रंग बदलिनु भाइरसका कारणले हुन सक्छ। संक्रमण भएपछि भाइरसको असर बढ्दै जाँदा रक्तनली क्षतिग्रस्त हुन सक्छ। जसको परिणाम नङको रङ बदलिन्छ। संक्रमितमा रगत जम्ने समस्याका कारण पनि यस्तो हुन सक्छ।’
अनुसन्धान प्रतिवेदनअनुसार यस्तो लक्षण कति दिनसम्म रहन्छ भन्ने विषयमा अहिलेसम्म पत्ता लागिसकेको छैन। अहिलेसम्मको अनुसन्धानले चाहिँ कोरोनाका बिरामीमा यस्तो (नङको रङ परिवर्तन) एक हप्तादेखि ४ हप्तासम्म देखिएको पाइएको छ।
प्रतिक्रिया