समाज


पुटिनका कट्टर आलोचक नभाल्नीको संगठनलाई लाग्यो प्रतिबन्ध, अतिवादी समूह भनियो

पुटिनका कट्टर आलोचक नभाल्नीको संगठनलाई लाग्यो प्रतिबन्ध, अतिवादी समूह भनियो

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ८:१४,

अदालतले नभाल्नीको संगठनमा काम गर्ने कार्यकर्ताहरु सबैलाई सार्वजनिक पदको लागि प्रतिबन्ध लगाउने पनि चेतावनी दिइएको छ।

नभाल्नी जेलमा रहेको बेला अदालतको यस्तो फैसला आएपछि उनले आफूले सरकारको गलत कामको भण्डाफोर गर्न नछाड्ने बताएका छन्।

उनले पुटिन भ्रष्टाचारी भएको र जनताबाट उठाएको पैसा आफ्नो मोजमस्ती र विलासीपनको लागि खर्च गर्ने गरेको आरोप लगाउँदै आएका छन्।

नभाल्नीलाई सरकारको कानून उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो। उनलाई गतवर्ष विष खुवाएर हत्या प्रयास भएको थियो।

उनले राष्ट्रपति पुटिनले नै हत्याको प्रयास गरेको सिधै आरोप लगाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad