पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन भएको छ।
अधिकारीको १०१ वर्षको उमेरमा आज (बिहीबार) बिहान आफ्नै निवास काठमाडौंको लैनचौरमा निधन भएको हो।
निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिवसमेत भएका थिए।
उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन्। अधिकारीका दुई छोरा र एक छोरी छन्। रासस
प्रतिक्रिया