पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज (बुधबार) बिहान ट्रक पल्टिँदा चालककाे मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।
बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७ नंको ट्रक नवलपरासीको विनयी त्रिवेणी गाउँपालीका-२ ज्यामिरेको उकालोबाट खसेको हो।
ट्रक आफैं अनियन्त्रित भई सडकछेउ विद्युत्को पोलमा ठोक्किँदा सडकबाट २० मिटर तल खस्दा त्यसका चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो।
गम्भीर घाइते अवस्थामा चितवन पुरानो मेडिकल कलेजमा लगिएका चालक सुल्ताङको उपचारका क्रममामा मृत्यु भएको नवलपरासीपूर्वका जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन्।
दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था पनि चिन्ताजनक छ। उनको उपचार भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया