छापा खबर


ओलीलाई सत्ता नदिन भारतको यस्तो अबरोध

ओलीलाई सत्ता नदिन भारतको यस्तो अबरोध

नेपालखबर
भदौ ४, २०७६ बुधबार २:२८,

धेरैलाई लाग्दो हो, ०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान छेक्नमात्रै भारतले अन्तिम घडीमा तत्कालिन विदेश सचिव र हालका मन्त्री एस.जयशंकरलाई नेपाल पठाएको थियो।

तर, जयशंकर संविधान जारी हुन नदिन आएको भनिए पनि चुरो कुराचाहिँ नाकाबन्दीकाबीच केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने कसरत रहेछ त्यो।

आजको जनआस्था साप्ताहिकले छापेको समाचारअनुसार तत्कालिन विदेश सचिव जयशंकर र अहिलेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच नेपालको संविधान जारी हुनु तीन दिनअघि दिल्लीमा विशेष भेट भएको थियो।

संयोगले अहिले दुबै समकक्षी छन्। र, वर्षौंदेखि थाती रहेको दुईपक्षीय बैठकमा बस्दैछन्।

कस्तो थियो त त्यतिबेला केपी ओलीलाई रोक्ने योजना?

बाहिर सतहमा देखियो, संविधान जारी हुन नदिन भारतले चलखेल गरेको।

भएको चाहीँ के थियो भने, नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संविधान नबन्दासम्म सुशील कोइराला र संविधान जारी हुनासाथ केपी प्रधानमन्त्री हुने सहमति।

यसैअनुसार संविधानमा एउटा संक्रमणकालिन व्यवस्था राखियो–संविधानसभाले संविधान जारी गरेको १५ दिनभित्र प्रधानमन्त्री, सभामुख र उपसभामुख, एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गराउने।

यसअनुसार, प्रधानमन्त्रीमा केपी ओली, राष्ट्रपतिमा सुशील कोइराला र सभामुखमा २० महिनादेखि प्रमुख प्रतिपक्षी बनेको तत्कालिन माओवादी केन्द्रलाई दिने कुरा थियो।

यसैमा हो, भारतले चलखेल गरेको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad