अस्ट्रेलियामा वैज्ञानिकहरूले सन् २००७ मा फेला परेको डाइनासोरको जीवावशेषमा अध्ययन गरेका थिए।
अध्ययनपछि यो डाइनासोरलाई नयाँ प्रजातिका रूपमा वर्गीकरण गरिएको र सम्भवत यो नै अलेसम्मकै सबैभन्दा ठूलो डाइनासोर भएको दाबी गरिएको छ।
अस्ट्रेलोटाइटन कूपरेन्सिस वैज्ञानिक नाम दिइएको ‘द सदर्न टाइटन’ पनि भनिने उक्त जीव विश्वमा फेला परेका १५ ठूला डाइनसोरमध्ये एक भएको बताइएको छ।
विज्ञहरूले उक्त डाइनसोर ६.५ मिटर अग्लो र ३० मिटरसम्म लामो भएको बताएका छन्। त्यसलाई बास्केटबल कोर्टसँग तुलना गरिएको छ।
त्यसका हड्डीहरू सबैभन्दा पहिले दक्षिणपश्चिमी क्विन्सल्यान्डका खेतमा फेला परेका थिए।
प्रतिक्रिया