मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सरकारमा आजै साँझ सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ३ मन्त्रालयसहित सहभागी हुन लागेको हो।
यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको हो।
बुधबार मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस संसदीय दलका नेता यादवबीच आज मन्त्रालय बाडफाँटमा सहमति भएको हो।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ७:३० बजे तय भएको छ। माओवादी भने भोलि साँझसम्म सरकारमा सहभागी हुने श्रोतले जनाएको छ।


प्रतिक्रिया